इजरायलमा रहेको निगमको न्यारोबडी जहाज सोमबार नेपाल ल्याइने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

इजरायलमा रहेको निगमको न्यारोबडी जहाज सोमबार नेपाल ल्याइने


९ बैशाख २०८१, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले इन्जिन मर्मतका लागि लामो समयदेखि इजरायलमा रहेको वायु सेवा निगमको न्यारोबडी जहाज सोमबार काठमाडौँ ल्याइने जानकारी दिएका छन् ।

आइतबार सिंहदरवारमा सञ्चारकर्मीसंगको छलफलका क्रममा मन्त्री तामाङले निगमका पदाधिकारीले सोमबार उक्त जहाज नेपाल ल्याइने जानकारी गराएका हुन् ।

आफू मन्त्रालयमा आएदेखि जहाज ग्राउन्डेड भएको विषयमा निरन्तर जानकारी लिएको उनले बताए । सम्झौता अनुसार इजरायलको कम्पनीले समयमा नै जहाजको इन्जिन मर्मत गर्न नसकेको अवस्थामा क्षतिपूर्ति दाबी गर्ने तयारी भएको पनि उनले बताए ।

मन्त्री तामाङले नेपालको हवाइक्षेत्रलाई कालोसूचीबाट हटाउनका लागि निरन्तर छलफल भइरहेको बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस