सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती  « प्रशासन
Logo ५ श्रावण २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती 


९ बैशाख २०८१, आइतबार


गोदावरी । कैलालीमा सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरले एक सय एक किलोमिटर सीमा क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार कैलालीमा शनिबारदेखि आठ दिनसम्म सीमा पैदल गस्ती सुरु गरेको हो ।

त्रिनगर भन्सार सीमास्तम्भबाट सुरु भएको गस्ती जिल्लाको पूर्वी सीमा स्तम्भ पुगेर समापन गरिने जनाइएको छ । सशस्त्र प्रहरी निरीक्षक पुष्करबहादुर बमको कमान्डमा ३५ जनाको टोलीले सीमा क्षेत्रको अनुगमन, निरीक्षण र सीमा क्षेत्रका स्थानीयसँग संवादसमेत गर्ने सशस्त्र प्रहरी बल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले बताए ।

उनले त्रिनगरस्थित सीमा स्तम्भ ७५२-६ रहेको स्थानबाट पैदल गस्ती सुरु भएर सीमा स्तम्भ श्रीलङ्कास्थित नम्बर ७०० मा पुगेर समापन गरिने बताए । भारतसँग जोडिएको एक सय एक (१०१) किलोमिटर सीमा क्षेत्रमा सशस्त्र प्रहरीको गस्ती टोलीले अनुगम र निरीक्षण गर्ने उनको भनाइ छ ।

पैदल गस्तीमा  सीमा स्तम्भको अवस्था र समग्र सीमा क्षेत्रको वस्तुस्थितिबारे अध्ययन गरिने जनाइएको छ । सशस्त्र प्रहरी बल, नेपालको केन्द्रीय नीति र निर्देशनअनुसार यसअघि कञ्चनपुरको सीमा क्षेत्रमा समेत पैदल गस्ती गरिएको जनाइएको छ ।

सो क्रममा सीमा स्तम्भको अनुगमन, सीमा क्षेत्रबाट हुने तस्करी, आपराधिक गतिविधि तथा सीमा क्षेत्रका स्थानीयले भोग्नुपरेका समस्याबारे आवश्यक जानकारी लिएर माथिल्लो निकायलाई रिपोर्टिङ गर्ने काम गरिने भएको छ । सशस्त्र प्रहरी बलको सीमा क्षेत्रमा सुरु भएको पैदल गस्तीले लागुऔषध ओसारपसार, चोरी–तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा पर्ने वडाका जनप्रतिनिधि, राजनीति दलका नेता, स्थानीय र भारतीय सीमा सुरक्षा बलका अधिकारीसँग अन्तर्क्रिया गर्ने जनाइएको छ । तस्करी नियन्त्रण, विपद् व्यवस्थापन, आपराधिक गतिविधिको निगरानी र नियन्त्रण गर्न पैदल गस्तीले सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रहरी उपरीक्षक पाण्डेले आठ दिनसम्म गस्ती टोलीले दिन र रातिको समयमा समेत पैदल गस्ती गरेर सीमा क्षेत्रको निरीक्षण गर्ने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस