असन पुर्‍याइयो सेतो मच्छिन्द्रनाथको रथ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

असन पुर्‍याइयो सेतो मच्छिन्द्रनाथको रथ


४ बैशाख २०८१, मंगलबार


काठमाडौँ । काठमाडौँको प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथजात्रा आजदेखि सुरु भएको छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ ।

आज अपराह्न चार बजे तीनधारा पाठशालाबाट सुरु भएको हो । आज सेतो मच्छिन्द्रनाथको रथलाई जमलबाट तानेर असन पुर्‍याइएको छ ।

सेतो मच्छिन्द्रनाथको रथलाई तीन दिनपछि लगन पुगेर सम्पन्न हुन्छ । मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन समेत छ ।

चैत्र शुक्ल प्रतिपदाका दिनदेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा ३२ हात अग्लो नौ तले रथ बनाउन सुरु गरिन्छ । काठ, बेत र डोरीका सहायताले रथ बनाइन्छ । रथ निर्माण र जात्राका लागि आवश्यक सम्पूर्ण खर्च गुठी संस्थानले गर्छ ।

सो रथमा चैते दसैँका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा छ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइन्छ । त्यसपछि रथ तान्न सुरु हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस