२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सात संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

अ+ अ-

काठमाडौँ । संघीय संसद्का सात वटा संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अहिले बिहान १० बजे बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, अर्थ समिति, महिला तथा सामाजिक मामिला समितिको बैठक ११ बजे बस्दैछ । त्यस्तै, संयुक्त संसदीय सुनुवाइ समितिको बैठक पनि बिहान ११ बजेलाई नै बोलाइएको छ । 

मध्यान्ह साढे १२ बजे राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति र दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । 

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बैठकमा नेपाल सरकार (मन्त्रीस्तर) बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्ष)का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

मंगलबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले पनि भानुभक्त प्राणी उद्यानको मुआब्जा, जडीबुटी अध्ययन तथा अनुसन्धानका नीतिगत तथा कानूनी जटिलता एवं डढेलो तथा हात्ती आतङ्क नियन्त्रणसम्बन्धी समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयका मन्त्री–सचिव एवं सम्बन्धित विभागका विभागीय प्रमुख, अर्थ मन्त्रालयका सचिव र सम्बन्धित सरोकारवालासँग छलफल गर्दै छ । 

यस्तै, अर्थ समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट कार्यान्वयन सम्बन्धी छलफल हुनेछ भने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँग छलफल गर्ने कार्यसूची राखेको छ । 

विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषमा छलफल हुँदा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्व बजेटबारे छलफल हुनेछ । 

संसदीय सुनुवाइ समितिले भने प्रस्तावित महालेखा परीक्षक तोयाम रायाको संसदीय सुनुवाइ गर्नेछ । 

प्रतिक्रिया दिनुहोस