२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हङकङलाई चौथो झट्का, ललितले लिए बाबरको विकेट

अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपालले हङकङलाई दबाबमा पारेको छ । हङकङका विस्फोटक ब्याट्सम्यान बाबर हायात आउट भएका छन् ।

९ बलमा ६ रन मात्र बनाएर बाबर पेभिलियन फर्केका हुन् । नेपालका स्पिनर ललित राजवंशीले आफ्नो पहिलो ओभरको दोस्रो बलमा नै बाबरलाई सिकार बनाए । डिफेन्सीभ सट खेल्न खोज्दा हावामा उडेको बललाई ललित आफैँले क्याच गरे ।

टस जितेर फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ र धारिलो फिल्डिङ गरिरहेको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका थिए । उनले हङकङका ओपनर मार्टिन कोयट्जीलाई विकेट किपर आसिफ शेखको हातबाट क्याचआउट गराए ।

१२ रनमा पहिलो विकेट गुमाएपछि अंशुमान रथले कप्तान निजाकत खानसँग मिलेर इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, ५.४ ओभरमा दीपेन्द्रले सटिक थ्रो गर्दै निजाकतलाई रनआउट गरेपछि हङकङ दबाबमा आयो ।

ओपनर अंशुमानले हङकङको इनिङ उकास्ने प्रयास गरेका थिए । तर, उनी पनि रनआउट भएका छन् । अविनाश बोहराको बलमा अंशुमानले एक रन लिने प्रयास गर्दा गुल्शनले लङअनबाट लामो थ्रो गरेका थिए, जुन सिधै स्टम्पमा लाग्यो । अंशुमानले २६ बलमा ३४ रन बनाए । उनले १ छक्का र चार चौका प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस