आर्थिक विकास र समृद्धिको लागि दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध हुनुपर्छ : सभापति  देउवा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

 आर्थिक विकास र समृद्धिको लागि दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध हुनुपर्छ : सभापति  देउवा


१ बैशाख २०८१, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको सबै राजनीतिक दलले एकजुट भई दृढ सामना गर्नुपर्नेमा जोड दिएका छन् । 

नयाँ वर्ष २०८१ सालको अवसरमा नेपालीहरूमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको र त्यसका लागि सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका हुन् ।

‘ऐतिहासिक उपलब्धिहरूको रक्षा गरी देशमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको छ । यसका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरू मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकताबद्ध भई अगाडि बढ्न आवश्यक छ’ देउवाले भनेका छन् । 

नयाँ वर्ष २०८१ ले नेपालीबीचको एकतालाई अझ बढी मजुबूत र सुदृढ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरेर आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध नेपाल निर्माण गर्न नयाँ जोश, उत्साह र जाँगर प्रदान गर्न सक्ने सकोस् भन्ने धारणा देउवाको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस