२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनिता डङ्गोलले भनिन्-उपप्रमुखलाई कार्यकारी अधिकार नहुनु चुनौती हो

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले नेतृत्व लैङ्गिकतासँग नभई व्यक्तिको क्षमता र सिद्धान्तअनुसार फरक हुने बताएकी छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेतृत्व लैङ्गिकतासँग नजोडिने बताएकी हुन् ।

‘हरेक व्यक्तिको क्षमता र सिद्धान्तअनुसार नेतृत्व फरक हुन्छ । तर महिला आउने बित्तिकै यो हुन्छ । पुरुष आउने बित्तिकै यो हुन्छ भन्ने हुँदैन,’ उनले भनिन्, ‘ महिला नेतृत्वमा आउँदा के फरक हुँदो रहेछ भन्ने विषयमा अध्ययन अनुसन्धान पनि गरिएको हुन्छ ।’ अध्ययन तथा अनुसन्धानमा महिलाहरूले मनले सोच्ने र प्रतिबद्धता बढी गर्ने देखाएको उनले जनाइन् । महिलामा सूक्ष्म व्यवस्थापन क्षमता बढी हुनेसमेत उनको भनाइ छ ।

संविधानले नै स्थानीय तहको प्रमुख र उपप्रमुखको जिम्मेवारी, अधिकार छुट्याइएको भन्दै उनले कार्यकारी अधिकार भने मेयरलाई मात्र दिइएकोमा गुनासो गरिन् । निर्वाचित भएर आएका उपप्रमुख कार्यकारी अधिकारबाट वञ्चित हुनुचाहिँ विडम्बना रहेको उनले बताइन् । ‘संविधानले अधिकार र जिम्मेवारी तोकेको छ । यद्यपि मेयर र उपमेयर दुवै जनताले भोट दिएर नै निर्वाचित भएर आउने हो,’ उनले भनिन्, ‘उपप्रमुखलाई कार्यकारी अधिकार नहुनु भनेको चुनौती पनि हो ।’

यद्यपि संविधानले स्थानीय सरकारमा न्याय, अनुगमन, बजेट तर्जुमा, राजस्वलगायतको महत्त्वपूर्ण जिम्मेवारी उपप्रमुखलाई नै दिइएको उनले बताइन् । संविधानको सिद्धान्तअनुसार समन्वय,सहकार्य र सहअस्तित्वमा बसेर काम गरेको खण्डमा देशभरका स्थानीय तहले काम गर्न सक्ने र घरघरमा विकासको अनुभूति दिलाउन सकिने उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस