डोल्पामा डढेलो निभाउन जाँदा घाइते भएका थप दुई सैनिकको मृत्यु  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

डोल्पामा डढेलो निभाउन जाँदा घाइते भएका थप दुई सैनिकको मृत्यु 


२७ चैत्र २०८०, मंगलबार


काठमाडौँ । डोल्पाको सामुदायिक वनमा सल्किएको डढेलो निभाउन जाँदा घाइते भएका थप दुई जना सैनिकको मृत्यु भएको छ।

सोमबार ठूलोभेरी नगरपालिका वडा नम्बर ३ मा सल्किएको डढेलो अनियन्त्रित बनेपछि नियन्त्रणका लागि नेपाली सेनाको टोली खटिएको थियो। 

उक्त डढेलो निभाउन गएका थप दुई जना सैनिकको मृत्यु भएको नेपाली सेनाले जनाएको छ । 

ज्यान गुमाउनेमा जवान २३ वर्षीय आशिष बुढा र काभ्रे घर भएका जमदार ३८ वर्षीय केशरबहादुर जर्गा मगर छन्। उनीहरूको पोष्टमर्टमको प्रक्रिया अघि बढाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस