प्रशासकीय अधिकृत र पालिका उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रशासकीय अधिकृत र पालिका उपाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


२७ चैत्र २०८०, मंगलबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा र तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

थोपा सिँचाइ आयोजना निर्माणमा उपभोक्ता समितिमार्फत अनियमितता गरेको आरोपमा कालिकोटको पलाँता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुस्मा र उपाध्यक्ष न्यौपानेसहित ८ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारले सब-इन्जिनियर माधवकुमार भट्ट, वडा नं ८ का तत्कालीन वडाध्यक्ष पटकबहादुर बम, वडा सचिव जानकीकुमारी शाहीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

मुलखोला थोपा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिपुरा रोकायलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।

प्रतिवादीहरूले सिँचाइ आयोजना उपभोक्ता समिति र गाउँपालिकाबीच भएको सम्झौताअनुसार काम नगरेको, गलत प्रतिवेदन बनाएको, वास्तविक लागतभन्दा बढी उपभोक्ता समितिलाई भुक्तानी गरेको अख्तियारको दाबी छ ।

अख्तियारले सबै प्रतिवादीलाई १३ लाख ७४ हजार बिगो कायम गरी सोही रकम बराबरको जरिवाना र सजायको मागदाबी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस