काठमाडौँ । लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन महिला तर्फको हाफ म्याराथन उपाधि सन्तोषी श्रेष्ठले जितेकी छिन । उनले निर्धारित २१.१ किमिको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै दोस्रो संस्करणको लुम्बिनी पिस म्याराथनको उपाधि चुमेकी हुन् ।
नेपाली सेनाकी पूर्ण राज्य लक्ष्मी न्यौपानेले सो दुरी १ घण्टा १९ मिनेट २१ सेकेन्डमा पूरा गरी दोस्रो स्थान बनाउँदा एपिएफकि पुष्पा भण्डारीले १ घण्टा २५ मिनेट १४ सेकेन्डमा निर्धारित दूरी पार गरी तेस्रो भइन ।
श्रेष्ठ, न्यौपाने र भण्डारीले क्रमशः २ लाख , १ लाख ६० हजार र १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजक नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले बताए ।