वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा दायर गर्ने अख्तियारको तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा दायर गर्ने अख्तियारको तयारी


२२ चैत्र २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईवटा वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै संलग्नहरूमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ ।

अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार लगायतहरु भ्रष्टाचारमा संलग्न रहेको निष्कर्ष सहित उनीहरूलाई प्रतिवादी बनाउने निर्णय गरेको हो ।

वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष सहित आयोगको बैठकले भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरिसकेको र सम्भवतः बिहीबार वा शुक्रबारभित्र विशेष अदालतमा मुद्दा दर्ता हुने स्रोतको दाबी छ । अख्तियारले आरोपितहरूको नाम, बिगो रकम र अरु विवरण गोप्य राखेको छ ।

तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि दुई पटक कर्णाली प्रदेशसभा सदस्य बनेका थिए । अघिल्लो पटक मुख्यमन्त्री नियुक्त भएका उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य छन् । कंसाकार भने अहिले सार्वजनिक जिम्मेवारीमा छैनन् । भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका अरु कतिपय व्यक्तिको नाम गोप्य छ ।

Tags :
प्रतिक्रिया दिनुहोस