मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् ।

सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे ।

उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका १ जना सांसदले विश्वासको मत दिएका हुन् ।

नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टीले विपक्षमा मतदान गरेको छ भने राप्रपा तटस्थ रहेको छ । आजको प्रदेश सभामा १०८ जना सदस्य सहभागी थिए । विश्वासको मतको विपक्षमा ३७ मत परेको छ । १५ सांसद तटस्थ बसेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस