बागमतीमा राप्रपा तटस्थ बस्ने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बागमतीमा राप्रपा तटस्थ बस्ने


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत माग्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्ने भएको छ ।

विश्वासको मत लिने मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको प्रस्तावमाथि प्रदेश सभामा सोमबार भएको छलफलमा भाग लिँदै राप्रपा संसदीय दलका नेता उद्धव थापाले सबै दलसँग समदुरीमा बस्ने बताएका हुन् ।

‘तटस्थमा बसेर तटस्थ खालकै भूमिका निर्वाह गर्छौँ’, आफूहरूलाई धेरै पर नराख्न मुख्यमन्त्रीलाई आग्रह गर्दै उनले भने ।

यसको अर्थ सत्तामा जान खुट्टा उचाल्यो भन्ने नलगाउन समेत थापाले आग्रह गरे । अहिले मुख्यमन्त्री र मन्त्री केही पनि लिन्न भन्ने पार्टी राप्रपा मात्र भएको उनले बताए ।

मुख्यमन्त्री जम्कट्टेलले १६ महिनामै तीन पटक विश्वासको मत लिन खोजिरहेको भन्दै नेता थापाले पाँच वर्षमा कति पटक लिनुपर्ने हो ? भन्दै प्रश्न गरे ।

‘हिजोसम्म वास्तै नगर्ने अहिले चाहिएपछि कुरा गरिरहन खोज्ने यो कस्तो अवस्था हो यसलाई मनन गर्न जरुरी छ’, थापाले भने । सत्ता भनेको लुछाचुँडी रहेछ भन्दै राप्रपाले सत्ता नबुझेको उनले बताए । राप्रपालाई मन्त्री, मुख्यमन्त्री नचाहिएकाले सत्ता राजनीतिमा नलागी जनताको सुख दुःखमा गइरहेको उनले बताए ।

नेता थापाले आगामी वर्षको बजेटमा पक्षपात नगर्न सरकारलाई आग्रह गरे । प्रदेशका ६ वटा दलसँग समान सम्बन्ध राप्रपाले कायम राखेको भन्दै आफ्नै जस्तो सोच्न आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस