पहिरोले बेँसी सहर-चामे सडक अवरुद्ध « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

पहिरोले बेँसी सहर-चामे सडक अवरुद्ध


१८ चैत्र २०८०, आइतबार


लमजुङ । पहिरोले बेँसी सहर-चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एक मात्र यस सडक खण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका वडा नं ४  श्रीचौरमा वर्षासँगै पहिरो जाँदा  सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बताए। 

पहिरोबारे डुम्रे-बेँसी सहर-चामे सडक योजना कार्यालयलाई खबर गरिएको तथा अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस