कृत्रिम बौद्धिकता अवसरसँगै चुनौती पनि हो : उपाध्यक्ष पाण्डे  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

कृत्रिम बौद्धिकता अवसरसँगै चुनौती पनि हो : उपाध्यक्ष पाण्डे 


१७ चैत्र २०८०, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रयोग विश्वमा नयाँ युगको आरम्भ गर्नाका साथै चुनौती पनि थपेको बताएका छन् ।

सो पार्टीको विज्ञान तथा प्रविधि विभागले आज आयोजना गरेको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) तथा नवीन प्रविधिका विषयक राष्ट्रिय सम्मेलनमा महासचिव पोखरेलले आधुनिक समयमा सूचना, विज्ञान र प्रविधिलाई आत्मसात् गर्नुको विकल्प नभएको उल्लेख गरे ।

कार्यक्रममा सो पार्टीका महासचिव शङ्कर पोखरेलले प्रविधिको विकासलाई आत्मसात् गरेर मात्र समृद्धि प्राप्त गर्न सकिने बताउँदै आफ्नो पार्टीले यस क्षेत्रलाई सधैँ महत्व दिँदै आएको बताए । विभागका प्रमुख टङ्क कार्कीले आर्टिफिसियल इन्टेलिजेन्सको विकास, यसको प्रभाव र नीतिगत व्यवस्थाका विषयमा बहस गर्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस