सेती नदीमा डुबेर एक जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सेती नदीमा डुबेर एक जनाको मृत्यु


१६ चैत्र २०८०, शुक्रबार


डोटी । डोटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर-१ तिखा कहरेकुडा बस्ने दुलै सिंह खड्काको छोरा वर्ष १८ को महेश खड्का बासुधारा स्थित सेती नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

नदीमा नुहाउने क्रममा दिउसो १२ बजेर ४० को समयमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव नदीबाट निकाएको र घटनास्थलमा पुरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस