राजश्व छलीको आरोपमा गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राजश्व छलीको आरोपमा गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । प्रहरीले राजश्व छलीको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । राजश्व छलीका गाडी र मोटरसाइकलसहित उनीहरूलाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा काठमाडौँ नागार्जुन नगरपालिका-७ रामकोट घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका-२ बस्ने २७ वर्षीय किशोर गिरी, धादिङ धुनिबेशी नगरपालिका-७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रविन गिरी र काभ्रेपलान्चोक महाभारत गाउँपालिका-२ घर भई भक्तपुर, भक्तपुर नगरपालिका-६ बस्ने ३० वर्षीय रमेश गिरी रहेका छन् ।

गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै भक्तपुरका विभिन्न स्थानहरूमा गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई ड्राइभिङ सेन्टरमा प्रयोग गरेको गाडी १ थान र मोटरसाइकल २ थान समेत प्रहरीले बरामद गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस