सहकारीको मुद्दामा मेरो नाम छैन, प्रहरीको कामलाई प्रभावित पार्दिन : रवि लामिछाने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सहकारीको मुद्दामा मेरो नाम छैन, प्रहरीको कामलाई प्रभावित पार्दिन : रवि लामिछाने


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणको मुद्दामा आफ्नो नाम नभएको बताएका छन् । राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै न हस्ताक्षर, न औँठाछाप, न निवेदन त न केवाईसी केही नभएको बताएका हुन् ।

उनले भने, ‘सहकारीमा मेरो नाम भएको भन्ने बुझियो । जहाँ मेरो नामबाहेक केही पनि छैन । न हस्ताक्षर, न औँठाछाप, न निवेदन त न केवाईसी नै भरिएको छ । न कुनै पत्र पाएको छु । मैले जानकारी पाएअनुसार अदालतमा मुद्दा पनि दर्ता भइसकेको छ । तर मेरो त्यो मुद्दामा नाम उल्लेख छैन । जाहेरी मात्रै छ मेरो विरुद्ध । त्यो पनि प्रहरीमा दर्ता भएको छैन भन्ने बुझेको छु । यसलाई म कुनै पनि प्रभाव पार्ने काम गर्दैन र गर्नुहुँदैन ।’

उनले प्रश्न आएपछि बताउनैपर्ने उल्लेख गर्दै उत्तरदायी भएर जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘नत मेरो मतदाताले जवाफ खोज्छन् । मन्त्रीले अनुसन्धान गर्ने होइन । प्रहरीले गर्ने हो । म सरकारमा नआउनु अघिकै विषय हो । एउटा आशा र अपेक्षा पनि छ भन्नुभएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस