भिजिट भिसामा पठाउने समूहलाई राजनीतिक संरक्षण रहेको गृह सचिवको दाबी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भिजिट भिसामा पठाउने समूहलाई राजनीतिक संरक्षण रहेको गृह सचिवको दाबी


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले भिजिट भिसामा महिलाहरूलाई पठाउने गिरोहलाई राजनीतिक संरक्षण रहेको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा गृह सचिव अर्यालले नेपाली महिलाहरूलाई भिजिट भिसामा श्रमका लागि पठाउने विषय गम्भीर रहेको बताएका हुन् ।

उनले भने, ‘केही मान्छेहरूको प्रोफेसन यही छ र त्यस्ता मान्छेहरूलाई पोलिटिकल ब्याक छ । आवश्यक परेको बेला म भनौँला ।’

दलाल र बिचौलियालाई राजनीतिक संरक्षण नहुने हो भने यो सहजै अन्त्य हुने उनको दाबी छ । यसका लागि गृह मन्त्रालयले श्रम तथा रोजगार मन्त्रालयसँग छलफल थालिसकेको सचिव अर्यालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस