प्रदेशको भागबण्डाको विषयमा कुरा मिलिसकेको छैन : ‘प्रचण्ड’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रदेशको भागबण्डाको विषयमा कुरा मिलिसकेको छैन : ‘प्रचण्ड’


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा प्रदेशको भागबण्डाको विषय नटुङ्गिएको पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन्।

बालुवाटारमा बसेको बैठकमा गठबन्धन दलहरुबीच छलफल भइरहे पनि कुरा मिलिनसकेको जानकारी गराएका हुन्।

सत्ता गठबन्धन फेरिएपछि नयाँ समीकरणमा प्रदेश सरकारको विषयमा छलफल चलिरहेको छ। त्यस विषयमा ‘प्रचण्ड’सँग सोमबार एमाले अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालले छलफल गरेका थिए।

गठबन्धनमा कोशी, मधेश र सुदूरपश्चिमको विषयमा कुरा मिलेपनि कर्णाली, लुम्बिनी, बागमती र गण्डकीका विषयमा अझै सहमति जुटिसकेको छैन। कोशी एमाले, मधेशमा जसपा र सुदूरपश्चिममा नाउपाले सरकारको नेतृत्व गर्ने सहमति बनेको बताइन्छ। कोशीबाहेक कर्णाली र गण्डकी एमाले र लुम्बिनी र बागमती माओवादीले लिने गरी छलफल अघि बढेको छ।

तर, आज बसेको माओवादी पदाधिकारी बैठकमा उपमहासचिव जनार्दन शर्माले कर्णाली प्रदेश सरकारको नेतृत्वले आफूहरूले पाउनुपर्ने अडान राखेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस