एकीकृत केन्द्र स्थापना गरेर सिकाइ प्रवर्धन गर्ने योजना « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकीकृत केन्द्र स्थापना गरेर सिकाइ प्रवर्धन गर्ने योजना


१४ चैत्र २०८०, बुधबार


काठमाडौँ । स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानिकारक फोहोरलाई सामान्य फोहोरमा रूपान्तरण गर्न काठमाडौँ महानगरपालिका र मनमोहन मेमोरियल मेडिकल कलेजबीच सहकार्य हुने भएको छ।

महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा कलेजका पदाधिकारीसँग बसेको बैठकले यस्तो निर्णय गरेको हो।

कलेजको जग्गामा एकीकृत प्लान्ट स्थापना गर्ने, यसमा आवश्यक साधन तथा उपकरणका लागि महानगरपालिकाले सहयोग गरेर एकीकृत केन्द्र स्थापना सहकार्य गर्ने उपप्रमुख डंगोलले बताइन्।

उनले भनिन्, ‘महानगरपालिकाले स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरिरहेको छ। यी केन्द्रहरूबाट उत्पादन हुने हानिकारक फोहोर प्रशोधन गर्ने केन्द्रका लागि सहकार्य गर्न थालेका हौँ। यसलाई नमूना बनाएर स्वास्थ्य संस्थाहरूकैबीचको सहकार्य एकीकृत प्रशोधन केन्द्र स्थापना गर्न सकिन्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस