काँग्रेसले उपनिर्वाचनका लागि १८ चैतमा उम्मेदवार चयन गर्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेसले उपनिर्वाचनका लागि १८ चैतमा उम्मेदवार चयन गर्ने


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले उपनिर्वाचनका लागि १८ चैतमा उम्मेदवार चयन गर्ने भएको छ ।

काँग्रेसले १५ वैशाखमा हुने प्रतिनिधि सभाअन्तर्गत इलाम-२ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि हुने उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको हो ।

सभापति शेरबहादुर देउवाले १८ चैतमा उम्मेदवार चयन गरिने जानकारी गराएको इलाम काँग्रेसले जनाएको छ । काँग्रेसमा संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ । इलाम-२ का लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस