तीन अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन प्रदान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तीन अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन प्रदान


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले तीन अधिकृतलाई ‘आईजी एपीएफ कमेन्डेसन’ प्रदान गरेका छन् ।

शनिबार नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयको २० औंवार्षिकोत्सवको अवसरमा तीन जना अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन प्रदान गरिएको हो ।

आईजी एपीएफ केमन्डेसन पाउनेहरूमा सशस्त्र प्रहरी उपरीक्षकद्वय  ध्रुवबहादुर कार्की, उद्धव रावल र सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापा रहेका छन् ।

एसपी कार्की कपिलवस्तुमा रहँदा आफ्नो गणलाई देशैभरीबाट उत्कृष्ट बनाउन सफल भएका थिए । एसपी रावल फिल्डमा उत्कृष्ट मानिन्छन् भने डिएसपी थापा हाल नं. २० बाघभैरव गुल्मको गुल्मपतीको रूपमा कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस