इच्छा विपरीत जथाभाबी रङ्ग दल्नेलाई कारबाही गर्ने नुवाकोट प्रशासनको चेतावनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इच्छा विपरीत जथाभाबी रङ्ग दल्नेलाई कारबाही गर्ने नुवाकोट प्रशासनको चेतावनी


११ चैत्र २०८०, आइतबार


नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले होली पर्व मनाउने नाममा इच्छा विपरीत रङ्ग दल्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

एकआपसमा खुसी साटासाट गरेर सौर्हाद वातावरणमा होली पर्व मनाउन आग्रह गर्दै प्रशासनले यस्तो चेतावनी दिएको हो । प्रशासन कार्यालयले होली पर्व मनाउने नाममा लोला हान्ने, बाटो ढुकेर बटुवालाई रङ्ग लगाउने जस्ता अराजक कार्यहरू नगर्न नगराउन अनुरोध गरेको छ ।

इच्छा विपरीत जथाभाबी रङ्ग दल्ने, लोला हान्ने, बाटो अवरोध जस्ता अवाञ्छित गतिविधि गरेको पाइएमा प्रचलित कानून अनुसार कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए । नुवाकोट लगायतका पहाडी जिल्लामा आज होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस