डोटीमा माटोको ढिस्कोमा च्यापिएर एकको मृत्यु, तीन जनाको उद्धार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोटीमा माटोको ढिस्कोमा च्यापिएर एकको मृत्यु, तीन जनाको उद्धार


११ चैत्र २०८०, आइतबार


डोटी । डोटीमा माटोको ढिस्कोमा च्यापिएर एक जनाको मृत्यु भएको छ । 

जिल्लाको शिखर नगरपालिका-९ ढुंगमा माटो खन्ने क्रममा च्यापिएर चार जना मध्य तिन जनाको सकुशल उद्धार गरिएको छ भने एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । 

मृत्यु हुनेमा शिखर नगरपालिका वडा नम्बर ९ की २१ बर्षिया नमर्ला रोस्यारा रहेको प्रहरीले जनाएको छ। घर पोत्नको लागि माटो खन्ने क्रममा ज्यान गएको थियो । प्रहरीले राती उद्धार कार्य गरेको जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस