विश्व शान्तिको कामना गर्न लुम्बिनीको विकल्प छैन : परराष्ट्रमन्त्री श्रेष्ठ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विश्व शान्तिको कामना गर्न लुम्बिनीको विकल्प छैन : परराष्ट्रमन्त्री श्रेष्ठ


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्व शान्तिको कामना गर्न लुम्बिनी जस्तो अर्को ठाउँ अन्यत्र कतै नभएको बताएका छन् । 

‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले विश्वमा चलिरहेको द्वन्द्वले शान्तिको स्थायित्वलाई असर गरिरहेको बताए ।

द्वन्द्वले विश्वको अर्थतन्त्रलाई समेत असर गरिरहेको उनको भनाइ छ । द्वन्द्वले असमानताहरू झनै बढाइरहेको मन्त्री श्रेष्ठले बताए । उनले लुम्बिनी विश्वशान्तिको कामनाका लागि एकमात्रै स्थान भएकाले लुम्बिनीबाट विश्व शान्तिको कामना गर्नुपर्ने बताए ।

‘विश्वमा चलिरहेको द्वन्द्वले शान्तिको स्थायित्वलाई असर गरिरहेको छ । यसले विश्वको अर्थतन्त्रलाई समेत नकारात्मक असर गरिरहेको छ । फलस्वरुप असमानताहरू पनि बढिरहेको छ । यस्तो अवस्थामा नेपालको लुम्बिनीबाट विश्वशान्तिको कामना र आह्वान गर्न सकिन्छ । यो ठाउँको विकल्पमा कुनै अर्को स्थान छैन, ‘उनले भने ।

कार्यक्रममा अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इण्डोनेसिया, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्याण्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्याण्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस