मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट गर्ने तयारी  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट गर्ने तयारी 


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सुदूरपश्चिम तथा मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अगाडि बढ्ने बताएकी छन् ।

यी दुई विश्वविद्यालयको उपकुलपति छनोटका लागि त्रिभुवन तथा पूर्वाञ्चल विश्वविद्यालयको भन्दा कडा मापदण्ड राखिएको भन्दै विरोध भएपछि छनोट प्रक्रिया स्थगित भएको थियो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको संयोजकत्वमा बनेको उपकुलपति छनोट तथा सिफारिस समितिले सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिका लागि अनुसन्धानमा ३५ अंक दिइने कार्यविधि बनाएको छ ।

शुक्रबार विश्वविद्यालयको नेतृत्व छनोट गर्दा अनुसन्धानलाई बढी अंक दिनुपर्ने कुरामा प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गरेको मन्त्री श्रेष्ठले शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बताइन् । उनले भनिन् ‘आज बिहान बालुवाटारमा बसेको बैठकमा विश्वविद्यालयको नेतृत्वका लागि अनुसन्धानमा बढी नम्बर दिनुपर्छ भनेर ‘कन्भिन्स’ गरेका छौँ । त्यही अनुरूप हामी अगाडि बढ्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस