सुरु भयो विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुरु भयो विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल 


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको छ ।

शुक्रबारबाट विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग दफावार छलफल सुरु भएको हो । यसअघि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरूसँग छलफल गरेको थियो ।

दफावार छलफलमा बोल्दै नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले विद्यालय शिक्षा तीन वटै सरकारको साझा अधिकार क्षेत्रभित्र रहेको बुझ्नुपर्ने बताए ।

‘माध्यमिक तहसम्मको शिक्षा स्थानीय तहको एकल अधिकारभित्र रहेको मत समेत आएको छ । तर यो संघबाट अलग छैन । यसकारण तीन वटै तहको अधिकार र कर्तव्यभित्र पर्छ भन्ने बुझ्नुपर्छ । यसरी प्रष्ट भयौँ भने अगाडि बढ्न सहज हुन्छ,’ उनले भने ।

बडूले जिल्ला शिक्षा कार्यालय नराख्ने र हाल रहेको शिक्षा विकास तथा समन्वय कार्यालय यथावत राख्ने प्रस्ताव गरेका छन् ।

परीक्षा ५, ८, १० र १२ कक्षामा लिनुपर्ने । ५ सम्मको परीक्षा स्थानीय तहले लिने, ८ को जिल्लाले लिने र १० कक्षाको परीक्षामा प्रदेशको उपस्थिति गराउने उनको प्रस्ताव छ । १२ कक्षाको परीक्षा केन्द्रले लिने सरकारको प्रस्तावमा बडूले समर्थन गरेका छन् ।

शिक्षकको सरुवा गर्दा स्थानीय तहले शिक्षा विकास तथा समन्वय कार्यालयको परामर्श लिनुपर्ने व्यवस्था राख्नुपर्ने काँग्रेस सांसद बडूले प्रस्ताव गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस