सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानतमा छुटे « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरा हाजिरी जमानतमा छुटे


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई छाडिएको हो ।

महरालाई हाजिरी जमानतमा छाडिएको सरकारी वकिलको कार्यालय स्रोतले जानकारी दिएको छ । 

महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस