एमालेलाई समाजवादी मोर्चामा सहभागी गराउन ओलीसँग कुरा गर्ने जिम्मा ‘प्रचण्ड’लाई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमालेलाई समाजवादी मोर्चामा सहभागी गराउन ओलीसँग कुरा गर्ने जिम्मा ‘प्रचण्ड’लाई


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । एमालेलाई समाजवादी मोर्चामा सहभागी गराउन ओलीसँग कुरा गर्ने जिम्मा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ ।

शुक्रवार बालुवाटारमा बसेको मोर्चाको बैठकले थप विस्तार र प्रभावकारी बनाउँदै अघि बढ्ने निर्णय गर्दै प्रचण्डलाई सो जिम्मेवारी दिइएको हो ।

चार दल सम्मिलित समाजवादी मोर्चाको सत्ता गठबन्धन परिवर्तन भएपछिको अवस्था बारेसमेत छलफल भएको छ।

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालका अनुसार एमालेसहित अन्य वाम शक्तिहरूलाई पनि आबद्ध गराउनेबारे निर्णय भएका छ।

हिजो ओलीसँग मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले बालुवाटार पुगेर भेट गरेका थिए। बालुवाटारमा ओलीको सकारात्मक जवाफबारे आजको बैठकमा विप्लवले जानकारी गराएका थिए।

मोर्चाको आगामी कार्यक्रमहरू केही दिनमा ठोस गरेर लैजाने सहमति भएको छ। मोर्चाले सरकारलाई प्रभावकारी बनाउन सुझाव दिँदै भ्रष्टाचार, अनियमितता, लघुवित्त र सहकारी ठगीलगायतका विकृतिहरू रोक्नको लागि आवश्यक कदम चाल्नेबारे पनि छलफल भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस