ओली भेट्न ‘प्रकाण्ड’सहित बालकोट पुगे ‘विप्लव’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ओली भेट्न ‘प्रकाण्ड’सहित बालकोट पुगे ‘विप्लव’


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित भेटवार्ता गरेका छन् ।

बिहीबार साँझ उनीहरुबीच ओली निवास बालकोटमा छलफल भएको हो । छलफलमा एमालेलाई समाजवादी मोर्चामा सहभागी बनाउने लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

पछिल्लो समय कम्युनिष्ट घटकबीच एकताको सम्भावनासम्बन्धी चर्चाबीच यो भेटलाई अर्थपूर्णरूपमा लिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस