बागमती सरकारले गुणस्तर परीक्षण प्रयोगशाला निर्माण गर्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बागमती सरकारले गुणस्तर परीक्षण प्रयोगशाला निर्माण गर्दै


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । बागमती प्रदेश सरकारले विभिन्न औद्योगिक उपभोग्य वस्तुको गुणस्तर परीक्षणका लागि प्रदेशस्तरीय प्रयोगशाला स्थापनाको तयारी अघि बढाएको छ ।

प्रदेश सरकार मातहतको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले प्रदेशस्तरीय गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्न लागेको हो ।

उत्पादित वस्तुको गुणस्तर निर्धारण गर्न र त्यस्ता पदार्थमा निर्धारित गुणस्तर छ कि छैन भन्ने परीक्षण गर्न मन्त्रालयले प्रयोगशाला स्थापना गर्ने भएको हो ।

प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययनको काम अघि बढिसकेको मन्त्रालयको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस