सभामुखसहित दश सदस्यीय प्रतिनिधिमण्डल स्विजरल्याण्ड जाँदै « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सभामुखसहित दश सदस्यीय प्रतिनिधिमण्डल स्विजरल्याण्ड जाँदै


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेसहितको प्रतिनिधि मण्डल आज स्विजरल्याण्ड जाने भएका छन्। अन्तर-व्यवस्थापिका संघको १४८ औँ महासभामा सहभागी हुन सभामुखसहितको दश सदस्यीय प्रतिनिधिमण्डल स्विजरल्याण्ड जान लागेका हो।

अन्तर-व्यवस्थापिका संघको प्रधान कार्यालय रहेको जेनेभामा ०८० चैत्र १० देखि १४ सम्म सञ्चालन हुनेछ। महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल बेलुका ५ः४० बजे कतार एयरलायन्सबाट दोहा हुँदै जेनेभातर्फ प्रस्थान गर्ने सभामुखको सचिवालयले जनाएको छ।

प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार तथा राष्ट्रिय सभा सदस्य गंगा कुमारी बेलबासे रहेका छन् ।

यस्तै संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेय, संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, सभामुखका प्रमुख स्वकीय सचिव तेज प्रकाश भट्टराई र संघीय संसद् सचिवालयका उपसचिव प्रदीप गुरागाईँ सहभागी रहने बताइएको छ ।

यो टोली चैत्र १६ गते स्वदेश फर्किने कार्यक्रम छ। सभामुखसहितको टोली स्वीजरल्याण्ड जाने भएपछि प्रतिनिधि सभाको बैठक चैत १८ गतेसम्मलाई स्थगित गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस