महिला न्यायाधीशहरूको राष्ट्रिय सम्मेलन हुँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महिला न्यायाधीशहरूको राष्ट्रिय सम्मेलन हुँदै


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । महिला न्यायाधीशहरूको दुईदिने राष्ट्रिय सम्मेलन शुक्रबार सुरु हुँदैछ ।

‘न्याय प्रणालीमा लैंगिक समानताको अभिवृद्धि : हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लादेखि सर्वोच्च अदालतसम्मका महिला न्यायाधीशहरूको सम्मेलन हुन लागेको हो ।

लैंगिक न्याय, नेतृत्व सीपको विकास, पारिवारिक अदालत, मुद्दाको प्रवृत्ति र विधिशास्त्र निर्माण, क्षमता विकास लगायतका अवधारणामा दुई दिनसम्म छलफल हुने बताइएको छ । शनिवार सकिने सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्नेछ ।

न्याय परिषद्को अभिलेख अनुसार, सर्वोच्च अदालतमा ३, उच्च अदालतमा २२ र जिल्ला अदालतमा १२ न्यायाधीश गरी देशभर ४३ जना महिला न्यायाधीश छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस