२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उमेरले छेकेन सीताको पढ्ने रहर

अ+ अ-

दाङ । घोराही उपमहानगरपालिका-१५ की सीता खनाल ४४ वर्षकी भइन्। कक्षा पाँच पढ्दापढ्दै उनको बिहे भएपछि पढ्ने रहर अधुरो थियो । त्यही अधुरो रहर पुरा गर्न उनले अहिले घोराही-१८ स्थित श्री माध्यमिक विद्यालय रझेनामा कक्षा ७ मा अध्ययन गरिरहेकी छन्। 

“मलाई पढ्न लेख्न आउँदैनथ्यो । अहिले छोराछोरी सरहका साथी र शिक्षकसँग पढिरहेको छु”, उनले भनिन्, “शिक्षक, साथी र परिवारको सहयोगले  अगाडि बढ्न सजिलो भएको छ ।” स्कुल गएको सुरुआती दिनमा सीतालाई डर र लाज लागेको थियो । अहिले सजिलो भएको उनले अनुभव सुनाइन् । 

सीताले जागिर खानका लागि पढेकी होइनन् । शिक्षा प्राप्त गर्दै पढ्ने रहर पुरा गरी जीवन सहज बनाउन पढ्न थालेको उनको भनाइ छ । उनी दुई वर्ष अघि कक्षा ६ मा भर्ना भएकी थिइन् । कक्षा ६ मा मेहनत गरेर राम्रो अङ्कसहित उत्तीर्ण भएपछि थप उत्साहित भएको उनले बताइन् ।

“विवाहपछि पढ्ने कोसिस गरेँ तर घरायसी कामकाजले पढ्न पाइनँ । लामो समयपछि पढ्ने रहर जाग्यो । अहिले निरन्तरता दिँदै छु”, उनले भनिन्, “मेरा दुई छोरा र श्रीमान्बाट साथ सहयोग पाएकोले पढ्न सजिलो भएको छ ।” 

पहिले छोरी, बुहारीले पढ्न हुँदैन भन्ने मान्यता थियो । अहिले कतिपयले बुढेसकालमा पढेको देख्दा कुरा काट्ने गर्छन् । घरको कामकाजसँगै विद्यालय नियमित जान पाएकोमा उनी खुसी छिन् । पढ्ने इच्छाशक्तिलाई उमेरले छेक्दैन भन्ने खनालको भनाइ छ ।

सहपाठीले ‘आन्टी’ भनेर सम्बोधन गर्दा खुसी लाग्ने उनले बताइन् । ढिलै भएपनि औपचारिक शिक्षा हासिल गर्न पाउँदा नयाँ अनुभव भएको उनले बताइन् । 

सीतामा पढाएको कुरा बुझ्ने, सिक्ने क्षमता भएको विद्यालयकी शिक्षिका सुनिता शर्माले बताइन्। पढाइलाई निरन्तरता दिई कक्षा १२ उत्तीर्ण गर्ने योजना रहेको सीताले सुनाइन् ।