१६ दिनको लागि बन्द भयो हेटौँडा–चखेल–काठमाडौँ सडक « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

१६ दिनको लागि बन्द भयो हेटौँडा–चखेल–काठमाडौँ सडक


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । हेटौँडाबाट काठमाडौँ आउने सबैभन्दा छोटो दुरीको हेटौँडा–चखेल–काठमाडौँ सडक १६ दिनको लागि बन्द भएको छ ।

बुधवारबाट १६ दिनसम्मको लागि सडकमार्ग बन्द गरिएको हो । इन्द्रसरोवर गाउँपालिका-५ ले सूचना जारी गर्दै सडक कालोपत्रेका लागि बेस बिछ्याउने काम सुरु भएको भन्दै चैत्र २३ सम्मको लागि सडकमार्ग बन्द रहेको जानकारी दिएको छ ।

सडक मार्ग अन्तरगत मकवानपुर तथा काठमाडौँ खण्डमा कालोपत्रेको काम सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस