सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


८ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा २ हजार ६ सय रुपैयाँ बढेर १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस