किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा


८ चैत्र २०८०, बिहिबार


मुग्लिन, (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । 

गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’  जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो ।  

गाउँपालिका कृषि शाखा प्रमुख  आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत  अनुदानमा  मकैको बीउ उपलब्ध गराइएको हो । इच्छाकामना गाउँपालिकाका किसान मकै छर्ने तयारीका लागि खेतबारीमा व्यस्त छन् । खनजोत उनीहरूको प्रमुख दिनचर्या बनेको छ । गाउँपालिकाले हाल सम्म ५७ क्विन्टल मकैको बीउ वितरण गरिसकेको उनले बताए । गाउँपालिकाले सातै वडामा ६० क्वीन्टल  मकैको बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए । 

इच्छाकामना गाउँपालिकाका किसानहरूको मुख्य खाद्य बाली मकै हो ।गाउँपालिका कृषि शाखाका अनुसार इच्छा कामनाको सात वटै वडामा  एक हजार पाँच सय भन्दा बढी हेक्टर  क्षेत्रफलमा मकै खेती हुने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस