सुरुङ भित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुरुङ भित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । उत्तरी चीनमा द्रूतसेवाको सुरुङमार्ग भित्र बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। अन्य ३७ जना घाइते भएका छन्।

मङ्गलवार दिउँसो २ः३० बजे तिर दुर्घटना भएको चिनियाँ सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्।

अधिकारीहरूका अनुसार ५१ जना यात्रु बोकेको बस सुरुङको भित्री पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो।

चिनियाँ समाचार संस्था सिन्ह्वाले जीवित व्यक्तिहरूको अवस्थाको गम्भीरताको बारेमा विवरण प्रदान नगरी छुट्टै रिपोर्टमा मारिएका र घाइतेहरूको सङ्ख्या पुष्टि गरेको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस