लगानी सम्मेलनको तयारीलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लगानी सम्मेलनको तयारीलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठक सम्पन्न भएको छ । अर्थमन्त्री तथा लगानी सम्मेलन निर्देशक समितिका संयोजक वर्षमान पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

बैठकले निर्देशक समितिको अघिल्लो बैठकका निर्देशन कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुका साथै लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिएको छ ।

बैठकमा अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षालगायतका क्षेत्रमा निजी लगानी आकर्षण गर्ने सन्दर्भमा लगानी सम्मेलनलाई फलदायी बनाउन सबै सरोकारवालाको उत्तिकै महत्त्वपूर्ण भूमिका रहने बताएका छन् ।

नेपालले आगामी वैशाख १६ र १७ गते काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्दैछ ।

स्वदेशी एवं विदेशी निजी क्षेत्र, गैरआवासीय नेपाली लगायतबाट लगानी आकर्षण गर्ने अभिप्रायले आयोजना हुन लागेको यस लगानी सम्मेलनमा अधिकतम् बी-बी (व्यावसायिक साझेदारी) का परियोजनामा लगानी जुटाउन बैठकमा उपस्थित निजी क्षेत्रका प्रतिनिधिलाई उनले आह्वान गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस