बहराइन जान एन्फाले सिफारिस गरेका १० जनालाई राखेपले दिएन स्वीकृत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बहराइन जान एन्फाले सिफारिस गरेका १० जनालाई राखेपले दिएन स्वीकृत


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । बहराइनमा चैत ८ र १३ गते हुने फिफा विश्वकप २०२६ को छनोट चरणको प्रतियोगितामा खेलाडीसहित अनिवार्य सहभागी हुनु पर्ने टोलीमा २ जनालाई मात्र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति दिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनुरोध गरेको मध्ये टिम डाक्टर राजु डंगोल महर्जन र मिडिया अफिसर गोविन्दराज नेपाललाई सहभागिताका लागि स्वीकृति दिइएको संघ संस्था समन्वय शाखाले जनाएको छ । 

एन्फाले उक्त छनोट प्रतियोगितामा जानका लागि खेलाडीसहित ४१ सदस्यीय टोलीको सहभागिताका लागि स्वीकृति माग गरेको थियो।

४१ सदस्यीय टोलीमा १० जना भने प्रतियोगितामा सहभागी हुन अनिवार्य नदेखिएले राखेपले एन्फालाई ध्यानाकर्षण गराइसकेको थियो।

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउँदा परिणाममुखी आवश्यक तयारी गरी सशक्त राष्ट्रिय टिम बनाउन जोड दिनु पर्नेमा आवश्यकता नै नदेखिएको क्षेत्रमा थप आर्थिक व्ययभार हुने अवस्था कुनैपनि कोणबाट सही नभएकोले राखेपले १० जनाको स्वीकृति नदिएको हो। एन्फाले संघका पदाधिकारी र जिल्ला सदस्यलाई भ्रमण गराउने उद्देश्यले नाम सिफारिस गरेको थियो।

यसअघि मलेसिया भ्रमणमा एन्फाका १० जना अनावश्यक पदाधिकारी भ्रमणमा गएपछि खेलकुद मन्त्रालयले कारबाही गर्न सिफारिस गरेको थियो।

सम्बन्धित समाचार : मलेसिया गएका एन्फाका पदाधिकारीलाई कारबाही गर्न मन्त्रालयको निर्देशन

Tags :
प्रतिक्रिया दिनुहोस