मलेसिया गएका एन्फाका पदाधिकारीलाई कारबाही गर्न मन्त्रालयको निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मलेसिया गएका एन्फाका पदाधिकारीलाई कारबाही गर्न मन्त्रालयको निर्देशन


३० फाल्गुन २०८०, बुधबार


काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरू खेलकुद ऐन विपरीत मलेसिया भ्रमणमा गएको भन्दै कारबाही गर्न निर्देशन दिएको छ । मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई सो निर्देशन दिएको हो ।

मलेसियाविरुद्ध शुक्रबार हुने मैत्रीपूर्ण खेलको लागि एन्फाले खेलाडी, प्रशिक्षक र अफिसियल गरी ७ जना र त्यसबाहेक ९ जनालाई मलेसिया पठाएको छ ।

खेलाडीसहित मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र प्रवेश कटुवाल (प्रशिक्षक) विनोद डंगोल (गोलकिपर प्रशिक्षक) मनिष तिम्सिना (टेक्निकल स्टाफ), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक)का रूपमा मलेसिया गएका छन् ।

एन्फा उपाध्यक्ष दीपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्र, प्रमुख कार्यकारी अधिकृत सीईओ इन्द्रमान तुलाधर, भरत घिमिरे, बुद्धिबहादुर गुरुङ, सुनिल लोप्चन, जयकृष्ण श्रेष्ठ, प्रवीण श्रेष्ठ, सुविनकुमार श्रेष्ठ पनि मलेसिया गएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस