मिटरब्याज पीडितका गुनासो सुन्न काभ्रेपलान्चोक प्रशासनले तोक्यो फोकल अधिकृत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मिटरब्याज पीडितका गुनासो सुन्न काभ्रेपलान्चोक प्रशासनले तोक्यो फोकल अधिकृत


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले मिटरब्याज पीडितका गुनासो सुन्न फोकल अधिकृत तोकेको छ । साथै डेस्क पनि स्थापना गरिएको प्रशासन कार्यालयले जनाएको छ । 

मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सुनुवाइ गर्नका फोकल अधिकृत तोकी कार्यालयको मुद्दा शाखामा गुनासो सुनुवाइ तथा सहजीकरण डेस्क सञ्चालन गरिएको प्रशासनले जानकारी गराएको छ ।

मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी गुनासोको लागि कारागार प्रशासक परशुराम थापालाई सम्पर्क गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जानकार दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस