सरकारी सेवामा ‘टाइम कार्ड’ लागु गरिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सरकारी सेवामा ‘टाइम कार्ड’ लागु गरिने


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलहरूले सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने साझा संकल्प गरेका छन् ।

मंगलबार सार्वजनिक भएको गठबन्धनको संकल्पमा कार्यसम्पादन करारसम्बन्धी विद्यमान निर्देशिकालाई परिमार्जन गरी प्रमुख पदमा बहाल कर्मचारीहरूसँग वस्तुनिष्ठ मूल्यांकन र मापनयोग्य परिसूचकहरूका आधारमा कार्यसम्पादन सम्झौता गर्ने पनि उल्लेख छ ।

राष्ट्रिय परिचयपत्रलाई प्रचलनमा ल्याउने, फरक-फरक कार्यालयमा नागरिकतालगायत कागजात पटक-पटक बुझाउनुपर्ने झन्झटलाई हटाउन नागरिक एपलाई सुदृढ गरी त्यसैमार्फत् सबै प्रकारको सेवा उपलब्ध गराउने र सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने समेत दलहरूको संकल्प छ ।

सार्वजनिक खरिद प्रक्रियामा उच्चतम दक्षता र सदाचार सुनिश्चित गर्न आवश्यक कानुनी र संस्थागत सुधार गर्ने र सार्वजनिक खरिद अनुगमन कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रलाई परिणाममुखी र प्रभावकारी बनाउन आवश्यक सुधार गर्ने घोषण पनि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस