त्रिविले माग्यो रजिष्ट्रार र रेक्टरका लागि आवेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

त्रिविले माग्यो रजिष्ट्रार र रेक्टरका लागि आवेदन


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले रजिष्ट्रार र रेक्टर पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालले सूचना जारी गर्दै रजिष्ट्रार र रेक्टरका लागि इच्छुक प्राध्यापकहरूले सात दिनभित्र बायोडाटा बुझाउन अनुरोध गरेका छन् ।

उपकुलपतिले जारी गरेको सूचनाअनुसार इच्छुक प्राध्यापकहरूले मंगलबारदेखि सात दिनभित्र उपकुलपतिको इमेल ठेगानामा आफ्नो बायोडाटा बुझाउनुपर्नेछ ।

यी दुई पदमा उपकुलपतिले सिफारिस गरेको व्यक्तिलाई कुलपतिले नियुक्ति गर्ने व्यवस्था छ ।

गत १२ पुसमा रजिष्ट्रार पेशल दाहालको कार्यकाल पूरा भएको थियो । त्यसपछि रिक्त पदमा १८ पुसदेखि कानुन संकायका डीन डा. कृष्णप्रसाद बस्याल निमित्त रजिष्ट्रार नियुक्त भएका थिए ।

यसअघि रेक्टर रहेका प्रा. डा. शिवलाल भुसालको कार्यकाल भने ६ चैतमा पूरा हुँदै थियो । तर भूसाल निमित्त उपकुलपति भएपछि रिक्त रेक्टर पदमा निमित्त उपकुलपति भूसालले कृषि तथा पशु विज्ञान संकायका डीन प्रा.डा. भार्गव धिताललाई निमित्त रेक्टरको जिम्मेवारी दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस