काठमाडौँ । सुनसरीको इटहरीमा उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको आरोपमा एक जना डाक्टर पक्राउ परेका छन् ।
निजी क्लिनिकमा उपचार गराउन आएकी महिलालाई दुर्व्यवहार गरेको जाहेरीको आधारमा नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।
इटहरी-९ मा क्लिनिक सञ्चालन गर्दै आएका डा. रामसागर मेहतालाई किटानी जाहेरी परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।