पाठ्यक्रममा नै वित्तीय शिक्षा अनिवार्य गर्ने तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पाठ्यक्रममा नै वित्तीय शिक्षा अनिवार्य गर्ने तयारी


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यालय तहको पाठ्यक्रममा नै वित्तीय शिक्षा अनिवार्य गर्ने प्रयास भइरहेको बताएका छन् ।

सोमबार ‘ग्लोबल मनी विक-२०२४’ उद्घाटन गर्दै स्कुल तहदेखि नै वित्तीय शिक्षामार्फत बचत र लगानीको बानी विकास गर्ने वित्तीय शिक्षा अनिवार्य गर्न लागिएको बताएका हुन् ।

उनले लगानी र बचतको बानी विकास गर्न वित्तीय शिक्षा अत्यावश्यक रहेको बताए । ‘फाइनान्सियल इन्क्लुजनका लागि वित्तीय साक्षरता विश्वभरि नै अवरोधका रूपमा रहेको छ,’ उनले भने, ‘ग्लोबल मनी विकका माध्यमबाट विश्वभरि नै वित्तीय चेतना बढाउने काम भइरहेको छ ।’

यस वर्ष ‘प्रोटेक्ट योर मनी सेलेक्ट योर फ्युचर’ भन्ने नारासहित विश्वभरि नै ग्लोबल मनी विक मनाइरहेको उनले बताए ।

‘ओईसीडी’ को नेतृत्वमा सन् २०१२ अन्तर्राष्ट्रिय रूपमा हरेक वर्ष ग्लोबल मनी विक मनाइँदै आएको छ । ओईसीडीको नारा ‘लर्न, अर्न, सेभ’ भन्ने रहेको गभर्नर अधिकारीले बताए ।

कमाएर बचत गर्नेभन्दा पनि स्कुल तहदेखि नै बालबालिका र युवालाई बचत र लगानी गर्न सिकाउनुपर्छ भन्ने उद्देश्य रहेको गभर्नर अधिकारीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस