नेकपा एस छाडेका दीपक मनाङेलाई समेट्दै गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेकपा एस छाडेका दीपक मनाङेलाई समेट्दै गण्डकीमा मन्त्रिपरिषद् पुनर्गठन


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका दीपक मनाङेलाई समेत समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका छन् । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो तीन बजे राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस