श्याम ज्ञवालीलाई सीआईबी प्रमुख बनाउनु शंकास्पद : सांसद शाह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

श्याम ज्ञवालीलाई सीआईबी प्रमुख बनाउनु शंकास्पद : सांसद शाह


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद पुष्पबहादुर शाहले सरकारले श्याम ज्ञवालीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख बनाउनु शंकास्पद रहेको बताएका छन् ।

‘सुन तस्करमा संलग्न भनिएका जीवन चलाउने र हाल सरकारले नियुक्त गरेका सीआईबी प्रमुख श्याम ज्ञवालीका बीचमा दुई करोड लेनदेनको अडियो सार्वजनिक भएको थाहा हुँदाहुँदै सरकारले सीआईबी प्रमुख श्याम ज्ञवालीलाई बनाउनुमा शंकास्पद छ,’ सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भने ।

यही चैत २ गते बसेको प्रतिनिधि सभाको बैठकले सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई सरुवा गरेर उनको ठाउँमा अर्का एआईजी श्याम ज्ञवालीलाई लैजाने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस