२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अपरेसन तारे भीर’: प्रेम प्रस्ताव अस्वीकार गरेकै कारण रुपेन्द्रले बनाएका थिए हत्या योजना

अ+ अ-

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-३ की १८ वर्षिया सुष्मा लामाको प्रेम अस्वीकार गरेका कारण हत्या भएको अनुसन्धानमा खुल्न आएको छ । 

प्रेम प्रस्ताव अस्वीकार गरेका कारण स्थानीय २१ वर्षीय रुपेन्द्र लामाले उनको हत्या गरेको अनुसन्धानमा खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । रुपेन्द्रलाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ । थप अनुसन्धान तथा कारबाहीको लागि रुपेन्द्रलाई प्रहरी वृत्त, बौद्ध पठाइएको कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।

रुपेन्द्रले सुष्मालाई विगत आठ महिनादेखि मन पराउँदै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनले सुष्मालाई पटक पटक प्रेम प्रस्ताव राखे पनि सुष्माले अस्वीकार गर्दै आएकी थिइन् । प्रेम प्रस्ताव अस्वीकार गरेका कारण रुपेन्द्रले उनको हत्या गर्ने योजना बनाएका थिए । सुष्मालाई रुपेन्द्रले आठ दिनदेखि बाटो ढुकेर बसेका थिए । हत्या गर्ने दिन पनि उनले प्रेम प्रस्ताव राखेको प्रहरीले जनाएको छ । रुपेन्द्रले ४ दिनदेखि खाल्टो खनेको बताइएको छ ।  

गत फागुन २४ गते अपराह्न करिब साढे ४ बजे गोकर्णेश्वर नगरपालिका-३ तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जङ्गलमा दुई वटा हातमात्र देखिएको र शरीरको अन्य भाग पुरिएको अवस्थामा सुष्मा शव फेला परेपछि कार्यालयले अभियुक्तको खोजी सुरु गरेको थियो । सुष्मा हराएको भन्दै फागुन २२ मा आफन्तले प्रहरी वृत्त बौद्धमा खोजतलासका लागि निवेदन दिएका थिए । 

अनुसन्धानबाट खुल्न आएका कुराहरू:

Ø रुपेन्द्र लामाले मृतक सुष्मा लामालाई विगत ८ महिनादेखि मन पराउँदै आएको ।

Ø उनीहरू दुवैजना घाँस काट्न, बाख्रा चराउन जङ्गलमा विगत १/२ वर्षदेखि सँगै जाने आउने गरेको ।

Ø उनीहरू बिच फोन सम्पर्क तथा कुनै पनि सामाजिक सञ्जालमा कुराकानी नहुने गरेको, भेटको बेलामात्र कुराकानी हुने गरेको ।

Ø रुपेन्द्रले सुष्मालाई एकतर्फी माया गर्ने गरेको र पटक पटक प्रेम प्रस्ताव समेत राखेको, तर सुष्माले अस्वीकार गरेको ।

Ø रुपेन्द्रले मृतकलाई ८ दिनसम्म बाटोमा ढुकेर बसेको भन्ने बुझिन आएको ।

Ø ४ दिनदेखि खाल्डो खन्न प्रयोग भएको फलामको कुटोसमेत साथमा लिई हिँडेको ।

Ø रुपेन्द्रले हत्यापछि पुरेको स्थान पहिले नै रेकी गरेको पाइएको ।

Ø घटनाको दिन रुपेन्द्रले सुष्मा एक्लै कलेज गइरहेको देखी निजलाई बाटो छेकी प्रेम प्रस्ताव राखेकोमा मृतकले इन्कार गरेकोले पछाडिबाट घाँटी थिची अचेत बनाई पहिले नै रेकी गरेको स्थानमा लगी टाई र जुत्ताको तुनाले घाँटीमा कसेको र हातलाई निजकै कम्मर पेटीले बाँधी कुटोले खाल्डो खनी पुरेको ।

Ø मृतकको मोबाइल र किताब/कापी आफैँले लिई गएको ।

Ø मिति २०८०-१०-२३ गते गुगलबाट अर्कैको बेहुला/बेहुलीको फोटो डाउनलोड गरी त्यसलाई अडिट गरी मृतकको फेसबुकमा राखेका । र फेसबुक डिएक्टिभ गरेको ।

Ø मिति २०८०-१०-२५ गते मृतकका आफन्तहरू खोजतलासको लागि प्रहरीकोमा निवेदन दिन गएको कुरा मृतककै आमाले रुपेन्द्रको घरमा गई कुरा गर्दा थाहा पाए पश्चात् मिति २०८०-१०-२६ गते निजले मृतकको दिदीको फोन नम्बरमा टेक्स्ट एसएमएस गरेका ।

रुपेन्द्रले उक्त एसएमएस गरे पश्चात् अन्य फोन कल तथा एसएमएस नगरेको, केही समय पछि मोबाइल समेत अफ गरी राखेको ।

प्रतिक्रिया दिनुहोस